२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ नियमावली ल्याउँछौँ’ : लीलादेवी गडतौला

अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौलाले चाँडै नियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन् । 

आयोगले आज आयोजना गरेको सङ्क्रमणकालीन न्यायमा पीडित र सरोकारवालासँगको अन्तरक्रियामा उनले नयाँ नियमावली बनाउनका लागि आवश्यक छलफल गर्ने बताएकी हुन् । 

“सरकारले हामीलाई ऐन दिएको छ । अब त्यही ऐन टेकेर नयाँ नियमावली बनाउनु छ”, उनले भने, “आयोगले वार्षिक कार्य योजना बनाएर चाँडै काम थाल्ने छ ।”

सुदूरपश्चिम प्रदेशकी पूर्वप्रमुख तथा बेपत्ता पारिएका परिवारका सदस्य शर्मिला त्रिपाठीले तेस्रो पटक गठन गरिएको आयोगले बेपत्ता परिवारको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने बताइन् ।

उनले पीडाको भोगाइ धेरै भएकोले अब काम सम्पन्न गर्न तिर अग्रसर हुनुपर्ने बताइन् । “आयोग बन्दछ । अनि हामीलाई बोलाउँछ । फेरि हामीले आफ्नो पीडाका कुरा भन्छौँ । अनि हामीलाई थप पीडा हुन्छ”, उनले भनिन्, “अब आयोगले बोलाउने मात्र होइन काम गर्नुपर्दछ ।”

उनले छोराछोरीलाई जेनतेन पढाए जागिर पाउन समस्या भएकोले छुट्टै आरक्षणको व्यवस्था गरेर जागिरको सुनिश्चित गर्न आग्रह गरिन् । नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले आयोग पहिले जस्तो नभएर कार्यमा केन्द्रित भइ पीडितका माग सम्बोधन गर्नुपर्नेमा जोड दिइन् । 

शान्तराज मुल्मीले पीडितका आँसु पुछ्ने काम बन्द गर्न आयोगलाई सुझाव दिए । मानवअधिकारकर्मी सुबोध प्याकुरेलले नियम र काननभन्दा आपसी सहमतिअनुसार आयोगले काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले सरकारको भन्दा जनताको बलमा काम गर्न आयोगलाई आग्रह गरे । 

बेपत्ता पारिएका परिवारका सदस्यले आयोगले वार्षिक कार्य योजना बनाएर काम गर्न सुझाव दिएका छन् । बेपत्ता पारिएका परिवारका सदस्य केशव खनालले बेपत्ता पारिएकालाई वर्गीकरण गरेर काम गर्न सुझाव दिए । 

अर्का पीडित ओखलढुंगाका ताराबहादुर सुनुवारले आफ्नो छोरो १९ वर्षदेखि हराएको हुँदा खोजी गर्न आग्रह गरे । “छोरो १९ वर्षदेखि हराएको छ । यदि छोरो मरेको छ भने हामी काजक्रिया गर्छौ, बाँचेको छ भने छोरो अझ आएको छैन”, सुनुवारले भने । 

काठमाडौँकी रुवि श्रेष्ठले आफ्नो परिवारका तीन जना बेपत्ता भएकाले राज्यले अझै न्याय दिन नसकेको बताइन् । उनले अहिले राज्य र विद्रोह पक्षबाट पीडित भएका आफूहरू मिलेको भन्दै सरकारले अपराध गर्नेलाई कारबाही गर्नुपर्ने बताइन् । 

गोरखाकी लक्ष्मी कोइरालाले आफ्नो श्रीमान् विक्रम संवत् २०५४ देखि बेपत्ता भएकाले बेपत्ता बनाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने बताइन् । 

आयोगका सचिव खेमराज ज्ञवालीले आयोगले आत्मसम्मानमा चोट नलाग्ने गरी न्याय गरिने बताए । उनले सातवटै प्रदेशमा गएर पीडितका कुरा सुनेर कसरी न्याय दिन सकिन्छ भनेर आफूहरू सक्रिय रहने बताए । आयोगमा हालसम्म बेपत्ता परिवारका दुई हजार ५४२ उजुरी दर्ता भएका छन् ।