२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगले विश्वशान्तिको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले योगले विश्वशान्ति, सहिष्णुता र सहकार्यको भावनालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । 

अन्तर्राष्ट्रिय योग दिवस, २०२५ को अवसरमा शुभकामना व्यक्त गर्दै योग शारीरिक अभ्यास मात्र नभई  एक जीवनपद्धति पनि भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, “योग शारीरिक अभ्यास मात्र नभई यो एक जीवनपद्धति पनि हो । योगले आत्मा, शरीर र मनवबीचको सन्तुलन स्थापित गरी मानव जीवनलाई शान्त, समृद्ध र अनुशासित बनाउन सघाउँदछ ।”

सम्पूर्ण मानव समुदायमा योगको महत्त्व, लाभ र समग्र जीवनमा यसको प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन २१ मा यो दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ । योगले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान तथा नैतिक अनुशासनलाई आधार मानेर विकास गरिएको योग प्रणालीले हाम्रो दैनन्दिन जीवनलाई आध्यात्मिक, भावनात्मक र मानसिक दृष्टिले समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उपराष्ट्रपति यादवको भनाइ छ । “आजको युगमा बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र जीवनशैलीजन्य समस्या समाधान गर्न योग प्रभावकारी उपायको रूपमा स्थापित भइसकेको छ”, उनले भनेका छन् । 

उहाँले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने पनि विश्वास व्यक्त गर्नुभएको छ । योगले विशेषतः हृदयघात, मधुमेह र अन्य दीर्घकालीन रोगको रोकथाम तथा नियन्त्रणमा यसको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित भइसकेको उनको भनाइ छ । 

उपराष्ट्रपति यादवले सम्पूर्ण नागरिकहरूले योगलाई आफ्नो जीवनशैलीमा आत्मसात् गर्दै शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यप्रति सजग रहनुपर्ने आवश्यकता पनि औँल्याएका छन् । स्वस्थ जीवनशैलीको अभ्यासमार्फत हामी समृद्ध राष्ट्र र सशक्त समाज निर्माणको मार्गमा अग्रसर हुनसक्ने उनले बताएका छन् ।