२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मंगलादेवीको नाममा खेलकुद हुनु खेल जगतका लागि महत्त्वपूर्ण छ’-उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सामाजिक तथा राजनीतिक आन्दोलनकी अगुवा मंगलादेवी सिंहको सम्झनामा खेलकुद प्रतियोगिता आयोजना हुनु महत्त्वको विषय भएको बताएका छन् ।

काठमाडौँमा आज नेसनल किक बक्सिङ एसोसिएसनद्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले मंगलादेवीको नाममा खेलकुद आयोजना हुनु खेल जगतका लागि महत्त्वपूर्ण उपलब्धि भएको धारणा राखे ।

मन्त्री सिंहले भने, “जसले खेल खेल्नका लागि अधिकार दिएको छ, बोल्ने अधिकारका लागि संघर्ष गरेको छ, संगठन गर्न नपाउने अवस्थामा संगठन गर्नुपर्छ भन्ने आवश्यकता बोध गराई संगठित रूपमा महिलाको आवाज अघि बढाउने काममा सक्रिय छ । सामाजिक र राजनीतिक आन्दोलन गरेका छन् उनी (मंगलादेवी को नाममा प्रतियोगिता भएकाले यसको महत्त्व बढेको छ । सबै खेलाडीलाई सफलताको शुभकामना छ ।”

उपप्रधानमन्त्री सिंहले आज प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेत्री मंगलादेवी सिंहको सम्झनामा यो कार्यक्रम हुनु खेल प्रेमी, समाज रूपान्तरमा संघर्ष गर्ने सबैका लागि महत्त्वको विषय भएको बताए । उनले राणाकालमा महिलाको आवाज संगठित रूपमा अघि बढाउनुपर्छ भनेर महिलालाई समेटेर नेपाल महिला संघ मंगलादेवीको अध्यक्षतामा गठन भएको उनले स्मरणसमेत गरे ।

राणाको समयमा महिलालाई मतदानको अधिकार पुरुषसरह हुनुपर्छ, भनेर उनले अभियान चलाएको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले समाजमा अघि बढाउन छोराले मात्रै होइन छोरीहरूले पनि पढ्न पाउनुपर्छ भनेर सामाजिक र राजनीतिक अभियान चलाएकाले उनको योगदान सदैव स्मरणीय रहने बताए ।