२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६२.०८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति

अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले बढेर ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमईमा रहेको छ । यस बैंकको ५ अर्ब ९५ करोड ८३ लाख बराबरको गैरबैंकिङ सम्पत्ति छ ।

त्यस्तै गैरबैंकिङ सम्पत्ति धेरै हुने बैंकको दोस्रो नम्बरमा हिमालयन रहेको छ । यस बैंकको ५ अर्ब १२ करोड गैरबैंकिङ सम्पत्ति छ । तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६० करोड रहेको छ ।

चालू आवको वैशाख मसान्तसम्म आइपुग्दा नबिल बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ७९ करोड रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड छ । यो अवधिमा कुमारी बैंकको २ अर्ब ५५ करोड हुँदा प्राइम कमर्सियल बैंकको २ अर्ब ३६ करोड गैरबैंकिङ सम्पत्ति रहेको छ ।

लक्ष्मी सनराइन, प्रभु, एनएमबि, सिटिजन्स र कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति एक अर्ब माथि रहेको छ । माछापुच्छ्रेको ९ अर्ब माथि हुँदा एसबीआई र सानिमाको ८ अर्ब माथि गैरबैंकिङ सम्पत्ति रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ । यसबाहेक गैरबैंकिङ सम्पत्तिमा सबैभन्दा कम नेपाल बैंकको रहेको छ । यस बैंकको २० करोड बराबरको गैरबैंकिङ सम्पत्ति रहेको राष्ट्र बैंकको तथ्यांक छ ।