२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से परिसूचक ३२ दशमलव ९३ अंकले घट्यो

अ+ अ-

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अंकले घटेर दुई हजार पाँच सय ९५ दशमलव ९७ को बिन्दुमा कायम भएको हो ।

आज ३१० कम्पनीको दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर ८७ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० बराबरको कारोबार भएको हो । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटेल तथा पर्यटन समूह तीन दशमलव १३ र जलविद्युत् समूह दुई दशमलव ७८ प्रतिशतले घटेको हो । 

बैंकिङ शून्य दशमलव ८५, विकास बैंक शून्य दशमलव ८८, वित्त एक दशमलव शून्य नौ, लगानी शून्य दशमलव ९८ जीवन बिमा एक दशमलव शून्य छ र उत्पादन तथा प्रशोधन एक दशमलव शून्य पाँच प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ४८, व्यापार शून्य दशमलव ७१ र अन्य समूह शून्य दशमलव ६१ प्रतिशतले घटेको छ ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ । प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको रू. ७५ करोड ७३ लाख ९७ हजार ३७१ बराबरको २१ करोड ८३ लाख ८२२ बराबरको कारोबार भएको छ ।