२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने भयो ? भन्दै मन्त्रीप्रति सांसद शर्माको आक्रोश 

अ+ अ-

काठमाडौँ । मन्त्रालयगत बजेट विनियोजनलाई लिएर सत्तारुढ काँग्रेसका सांसद डा. सुनिल शर्माले मन्त्रीहरूप्रति आक्रोश व्यक्त गरेका छन् । 

मन्त्रीहरू देशको विकासका लागि लाग्नुपर्नेमा आ-आफ्नो निर्वाचन क्षेत्र र सानो झुन्डको नेतामा सीमित भएको शर्माले बताए । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद शर्माले मन्त्रीहरू जनताप्रति उत्तरदायी नभएको बताए । काँग्रेस र एमालेको गठबन्धन सरकार भए पनि बजेट भने सीमित क्षेत्रमा मात्रै गएको बताए ।

‘तपाईँहरूको हृदय छ कि छैन ? नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? तपाईँहरू देशको मन्त्री हो, देशको नेता हो या सानो समूहको झुन्डभित्रको मन्त्री हो ? तपाईँहरू मन्त्री बनिरहँदाखेरि एक्लै चुनाव जितेर आएर बन्नुभएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ? काँग्रेस(एमालेका मन्त्री भइसकेकालाई यो चार(पाँच क्षेत्रका मान्छेले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने भयो ?’ सांसद शर्माले भने, ‘तपाईँहरूले अर्कोपल्ट यो सदन चलाउन सक्नुहुन्छ ? यो गम्भीर विषय हो र प्रश्न हो । बजेट तत्काल संशोधन गर्नुपर्छ । समन्यायिक हुनुपर्छ बजेट । यो राज्यसत्तालाई हातमा लिएर, राज्यसत्तामा बसेर शक्तिको अभिमान देखाएर, नागरिकलाई कानुनी तवरबाट लुट्न पाइँदैन ।’

सबै नागरिकले बराबरी कर तिरे पनि मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्र र जिल्लामा मात्रै बजेट विनियोजन गरिएको भन्दै सांसद शर्माले आपत्ति जनाए ।

‘तपाईँहरू के गर्दै हुनुहुन्छ ? पाँच जिल्लाभित्रका मात्रै नेपाली नागरिक हुन् त ? हाम्रो कर्णाली, मुगु, मुस्ताङ, मधेस, तराई, पहाडका पाँच जिल्ला बाहेक ७२ जिल्लाका मान्छे नेपाली नागरिक होइन ? तपाईँहरूलाई अलिकति दया लाग्दैन ?, शर्माले प्रश्न गरे । बजेट विनियोजन गर्दा मन्त्रीहरूले विवेक गुमाएको उनले बताए ।

पार्टीका अन्य सांसदहरूको निर्वाचन क्षेत्रमा बजेट नराखेर आफ्नो क्षेत्रमा मात्रै राखेकोमा सांसद शर्माले आपत्ति जनाए । ‘आज तपाईँहरूले सत्तामा बस्ने बित्तिकै यस्तो निर्ममतापूर्वक, दिनदहाडै, इमानदारीसाथ भन्दाखेरि तपाईँहरू सर्टपाइन्ट त लगाउनुभएको छ तर निर्लज्ज हुनुहुन्छ, ‘उनले भने,’भकारीको सबै पैसा लगेर आफ्नोतिर हाल्ने अनि बाँकी रहेका जम्मा सांसद, भोटको आधारमा मूल्यांकन हुने हो भने यो मुलुकको ५० हजार जनताले मत दिएको सुनिल शर्मा रोष्ट्रुममा बोल्दैछु, हरेक सांसदले ४० देखि ५० हजार मत ल्याएर आउनुभएको छ । हामी बोलेको एउटा व्यक्ति होइन, लाखौँको संख्यामा मत लिएर आएका सांसद विवश हुनुहुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बजेट विनियोजनमा न्याय नगरेको पनि शर्माको भनाइ थियो । उनले भने, ‘हामी बा भन्छौँ, साँच्चै हो । बाले छोराहरूलाई मात्रै बजेट नदिएको हो कि भनेर हेरेको, एकदुई जना चेलीबेटीसँग कुरा गरेको छोरीहरूलाई पनि दिएको रहेनछ । समस्या छोराहरूमा मात्रै होइन रहेछ, छोरीहरूमा पनि रहेछ, ’उनले भने ।

त्यस्तै, सांसद शर्माले अर्थ मन्त्रालय अन्तर्गत ‘टेक एन्ड पे भन्ने अवधारणा ल्याएकोमा पनि आपत्ति जनाए । उनले उक्त अवधारणा फिर्ता लिनका लागि अर्थमन्त्रीलाई आग्रह गरे । टेक एन्ड पे ल्याइयो यसमा दुई वटा मात्रै उत्तर हुन्छ, बिजुली उत्पादन गर अनि हामी किन्दैनौँ भनेको हो राज्यले रु तिमी बिजुली उत्पादन गर, अर्बौँ लगानी गर अनि हामी किन्दैनौँ, त्यो भनेको के हो भने नेपाली व्यापारी उद्योगपतिहरू, तिमीले नेपालको पानी बगेको खोलामा तिम्रो अधिकार छैन तिमीले बिजुली उत्पादन गर्न पाउँदैनौँ तिमी गुडबाइ भनेको हो, ‘उनले भने ।

विदेशीबाट पैसा लिएर आयोजना दिन्छौँ भनेको हो भन्ने प्रश्न पनि सांसद शर्माले बताए