पर्सा । पर्सामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
जगरनाथपुर गाउँपालिका-४ का सफिराजा मियाँलाई शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा आइतबार पक्राउ गरिएको हो ।
उनलाई आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्साल बताए ।
“प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भने, ‘‘श्रीमान् लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ ।’’







