काठमाडौँ । सरकारले दुई जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेललाई महालेखा नियन्त्रकमा सरुवा गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन् ।
पौडेलको स्थानमा हालै बढुवा भएका खगेन्द्रप्रसाद सुवेदीलाई गण्डकी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यसअघि मसोही बैठकबाट निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवहरूको साटफेर गरेको थियो ।
तत्कालीन महालेखा नियन्त्रक(सचिव) गणेशप्रसाद पाण्डे अनिवार्य अवकाशमा गएपछि महालेखा नियन्त्रक पद रिक्त थियो ।
पौडेललाई महालेखमा पठाउने छलफल भए पनि निर्णय प्रमाणीकरण हुन भने बाँकी रहेको विशेष स्रोतले जनाएको छ ।







