काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले ७५३ वटै पालिकाका सदरमुकामसम्म कहिले कालोपत्रे सडक पुग्छ भन्ने प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरका सडकहरूको अवस्था कहिले सुध्रिन्छ भनेर जिज्ञासा राखे।
खतिवडाले भने, “प्रधानमन्त्री ज्यू, ७५३ वटै पालिकाका सदरमुकामसम्म हामी ठ्याक्कै कहिले ‘सररर’ कारमा पुग्न सक्छौँ ?”







