२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ३८ करोडको बजेट 

अ+ अ-

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको १७औँ नगरसभामा आज उपप्रमुख नीलकण्ठ खनालले उक्त बजेट सार्वजनिक गरेका हुन् । 

विनियोजित बजेटमा पुँजीगततर्फ रु दुई अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३ दशमलव ६३ प्रतिशत) र चालुतर्फ रु एक अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६ दशमलव ३७ प्रतिशत) रहेको छ । 

उपप्रमुख खनालका अनुसार आगामी वर्षको बजेटमा कर्मचारीको तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३२ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

आगामी आवको खर्च बेहोर्ने स्रोत संघीय वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु २४ करोड २४ लाख, नगरपालिकाले संघीय सरकारबाट प्राप्त गर्ने रु. अर्ब २० करोड आठ लाख, सशर्त अनुदान तथा संघीय राजस्व बाँडफाँटबाट प्राप्त रु. २० करोड ५७ लाख ९३ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट प्राप्त रु तीन करोड ३४ लाख ५३ हजार रहेको जनाइएको छ ।