२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थपिएको अवधिमा महाधिवेशन गर्न नसके काँग्रेसका भ्रातृ संस्था स्वतः भंग हुने

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले अब एकपटकका लागि समयावधि थप्दा समेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरूको केन्द्रीय समिति स्वतः भंग गर्ने भएको छ ।

तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि कात्तिकसम्म समयावधि थप्ने काँग्रेसले आन्तरिक तयारी गरेको छ ।

नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ लगायतका भ्रातृ संस्थाहरू तदर्थ समितिमा सञ्चालित छन् । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीबाट गठित निर्देशक समितिलाई बोलाएर भ्रातृ संस्थाको अवस्था बारेमा ब्रिफिङ लिएका छन् ।

भ्रातृ संस्थाको महाधिवेशन गराउन सहजीकरण र समन्वय गर्ने गरी पार्टीबाट निर्देशक समिति बनाइएको थियो । गत चैत मसान्तसम्म महाधिवेशन गराउने गरी निर्देशक समिति बनाइए पनि प्रमुख भ्रातृ संस्थाले निर्वाचित समिति ल्याउन सकेनन् ।

नेविसंघको निर्देशक समिति सदस्य प्रतिमा गौतमका अनुसार भ्रातृ संस्थाहरूलाई कार्यादेश दिएर महाधिवेशन उन्मुख गराउने गरी छलफल भएको जानकारी दिइन् । भ्रातृ संस्थाको अवधि थप्ने औपचारिक निर्णय सोमबारदेखि बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।