२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखको प्रष्टीकरण-‘अनुचित पूर्वाग्रहले अधिवेशन प्रभावित हुँदा जबरजस्ती सदन चलाएर बजेट पारित गर्‍यौँ’

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले आर्थिक विधेयक असार मसान्तभित्र जसरी पनि पास गर्नुपर्ने भएकाले पेलेरै भए पनि सदन चलाउनुपरेको प्रष्टीकरण दिएका छन्।

संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विरोध, अवरोध, असहयोग भए पनि जबरजस्ती संख्या पुर्‍याएर भए पनि नीति र विधि अनुसार गर्ने गरेको बताए।

उनले भने, ‘अहिले पनि बजेट अधिवेशनमा सांसदभित्र अवरोध, विरोध र अनुचित ढंगले आग्रह पूर्वाग्रहले बजेट अधिवेशन प्रभावित हुँदा हुँदै पनि हामीले जबरजस्ती गरिरहेका छौँ। यो ठिक कि बेठिक ? यसरी चलाउन हुन्छ कि हुँदैन ?कसको दायित्व के हो ? सरकार र प्रतिपक्षको दायित्व के हो ? त्यसमा ध्यान जानुपर्छ।’

उनले बजेट सरकारको नीतिमा आधारित भएर आउने पनि उल्लेख गरे।

उनले भने, ‘संसद्को प्रभावकारीमाथि प्रश्न खडा गर्ने मात्रै होइन, संसदीय व्यवस्था र प्रणालीमाथि नै चुनौती खडा भइरहेका छन्, इमानदारिताका साथ यो व्यवस्थालाई प्रभावकारी र जनताको प्रतिनिधि बसेर कानुन बनाउने र शासन बनाउने ठाउँ बनाउनुपर्छ।’

उनले संसदीय व्यवस्थामा क्यालेन्डर बनाएर विधि संवत् ढंगले चल्ने गरेको भए पनि प्रभावकारी नभएको औँल्याए।

उनले भने, ‘हामीले पनि क्यालेन्डर बनाएर लान कोसिस गरिरहेका छौँ। तर कति बेला कसलाई के कुरामा रिस उठ्छ, उसले आएर सभा चल्न दिन्न भन्दिन्छ। त्यसैको पछाडि दल लाग्छ सदनलाई रोकेर जान्छ। हामीले जति नै क्यालेन्डर बनाएर चलाउने कोसिस गरे पनि सफल हुन सकेको छैन। यसको मुल्यांकन कहाँ के बाट गर्ने ?’