२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुख घिमिरेले भने-‘संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन’

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

संसद् दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संसद्को भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रूपमा विकास गर्न नहुने बताए ।

उनले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसद्ले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे ।

संसद्को प्रभावकारितामाथि प्रश्न खडा गर्ने मात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको उल्लेख गर्दै व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।

उनले भने, ‘संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रूपबाट यसलाई लानुपर्छ । जनताको आस्था बलियो बनाउने कुरा संसद्ले खेल्ने भूमिका हो । त्यो भूमिका खेल्नको लागि अहिले आइरहेका बहु आयामिक चुनौतीहरू छन् । खासगरी गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन सकिन्छ कि भनेर अनेक ढंगबाट गरिएका कोसिसहरू निष्फल पार्नु नै आजको प्रमुख आवश्यकता र कर्तव्य हो । त्यसो गर्नको लागि संसदमाथि आशा, विश्वास जगाउने गरी कामहरू गर्नुपर्छ।’

संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उनको भनाइ छ ।