२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. डिला संग्रौलाको जोड-‘एमाले बाहेकको चुनावी गठबन्धन गर्न काँग्रेस तयार हुनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले एमाले बाहेकको चुनावी गठबन्धन गर्न पार्टी तयार हुनुपर्ने बताएकी छन् ।

संग्रौलाले काँग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले भएको हुँदा आवश्यक परे अन्य दलसँग चुनावी गठबन्धन बनाउनुपर्ने बताएकी हुन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै संग्रौलाले भनिन्,‘आउँदो चुनावमा एमाले नै हाम्रो मुख्य प्रतिद्वन्द्वी भएकाले यदि आवश्यक परे एमाले बाहेकको गठबन्धन बनाउन पनि हामी सक्रिय हुनुपर्छ ।’

वर्तमान गठबन्धन सरकारमा काँग्रेसको उपस्थिति प्रभावकारी हुन नसकेको बताउँदै संग्रौलाले काँग्रेसका मन्त्रीहरूको भूमिका कमजोर देखिएको टिप्पणी गरिन् ।

उनले भनिन्,‘सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने तर नराम्रा कामको दोष हाम्रा साथीहरूलाई लाग्ने अवस्था अन्त्य हुनुपर्छ । केही नेताहरू सधैँ मन्त्री हुने भ्रममा छन्, जुन गलत हो । मेरो प्रस्ताव सरकारमा पार्टीको प्रभावकारी सहभागिता सुनिश्चित गर्न र मन्त्रीहरूको उत्तरदायित्व बढाउन पार्टीले स्पष्ट रणनीति बनाउनुपर्छ ।’

सांगठनिक विशेष अभियानका लागि १ असोजदेखि धनकुटामा केन्द्रीय प्रतिनिधि बनेकी संग्रौलाले जिल्लामा पार्टीको वस्तुगत अवस्था जानकारी गराएकी हुन् । उनले पार्टीभित्र आन्तरिक मनमुटाब तल्लो तहसम्म पुगेको बताइन् ।

बोल्दै संग्रौलाले आन्तरिक मनमुटाब र गुटबन्दी, भ्रातृ संस्थाहरूको अधिवेशनको अभाव, नेता–कार्यकर्ता र जनप्रतिनिधिबीच दूरी बढेको लगायतका आन्तरिक समस्या प्रस्तुत गरेकी छन् ।

विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुने व्यवस्थालाई कडाइका साथ लागु गर्नुपर्ने उनले बताइन् ।

उनले भनिन्,‘ सभापतिज्यूले महाधिवेशन तोकिएको समयमै हुने भन्नुभएको छ । तर, मंसिरमा हुने सम्भावना कम देखिन्छ ।’ संग्रौलाले महाधिवेशनको मिति र कार्यतालिका सार्वजनिक गर्न समेत माग गरिन् ।

नेविसंघ, तरुण दल, र महिला संघ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेकोप्रति नेतृत्वको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,‘महाधिवेशन निर्देशन समितिको भूमिका पनि प्रभावकारी देखिएन। मेरो सुझाव: भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल स्पष्ट कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्छ। यदि नेतृत्वले जिम्मेवारी पूरा गर्न सक्दैन भने नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउनुपर्छ ।’