काठमाडौँ । एसीसी-१६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियासँगको खेलमा नेपालले टस जितेको छ । मलेसियाको सिलेगंर ट्रफ क्लबमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर बलिङ रोजेका छन् ।
नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल पुगेको हो। गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल शनिबार हुनेछ ।







