काठमाडौँ । जुवातास खेलेको आरोपमा काठमाडौँबाट ९ जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।







