२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा विधेयक पास गर्न समितिको बैठक आह्वान

अ+ अ-

काठमाडौँ । विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ  ।

समिति सभापति अम्मरबहादुर थापाका अनुसार पर्सि २२ असारलाई समिति बैठक बोलाइएको छ ।

‘पर्सि बैठक बस्छ । सबै विषय मिलिसक्यो,’ सभापति थापाले भने, ‘समितिमा लक भइसकेको छ । जे छ त्यो हुबहु पास हुन्छ ।’

१६ असारमा नै विधेयक पास गर्ने तयारी थियो । तर अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक ६० र खुला ४० प्रतिशत गर्नेमा काँग्रेसले फरक मत राखेपछि रोकिएको थियो ।

शिक्षक महासंघले आन्तरिक ७५ प्रतिशत र २५ प्रतिशत खुला गर्नुपर्ने माग राखेपछि काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठक स्थगितको प्रस्ताव गरेका थिए । त्यसपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग वार्ता गर्न समय मागेका थिए ।

६०र४० प्रतिशतमा नै सहमति जुटेको छ ।  कार्य सम्पादन मूल्यांकनको अंकमा पनि मिलेको थिएन । ईसीडीमा कार्यरतलाई शिक्षक भन्ने वा नभन्नेमा विवाद छ । समिति सभापति थापाका अनुसार सबै विषय मिलेको छ ।