२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

अ+ अ-

बेइजिङ । युरोपेली संघ (इयू) ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ ।

चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनमा स्थापना भएका युरोपेली पूँजी भएका कम्पनीहरूबाहेक युरोपेली युनियनका कम्पनीहरूलाई चार करोड ५० लाख युआन (६३ लाख अमेरिकी डलर) भन्दा बढीको मागबाट बाहिर राखिनेछ।” 

सम्बन्ध सुधारका लागि चीनका विदेशमन्त्री वाङ यीले गत साता युरोपेली संघको मुख्यालय ब्रसेल्सका साथै फ्रान्स र जर्मनीको भ्रमण गरेका थिए । 

यद्यपि, इयूको चीनसँग ३५७.१ अर्ब डलरको व्यापार घाटासहित आर्थिक सम्बन्धमा गहिरो द्वन्द्व कायमै छ ।

आइतबारदेखि लागू हुने गरी चीनले लगाएको प्रतिबन्धमा कृत्रिम उपकरण, पार्टपुर्जादेखि मेडिकल मेसिनरी र सर्जिकल उपकरणसम्मका उत्पादन समावेश गरिएको छ ।

चिनियाँ अर्थ मन्त्रालयले गैर-युरोपेली कम्पनीहरूको सवालमा इयूका उत्पादनहरूको अनुपात ५० प्रतिशतभन्दा बढी हुन नसक्ने बताएको छ ।

इयूले चीनविरुद्ध दोहोरो मापदण्ड अपनाएको र चिनियाँ कम्पनीहरूलाई ५० लाख यूरो (५८ लाख डलर) भन्दा बढीको सरकारी मेडिकल उपकरणहरू खरिदमा प्रतिबन्ध लगाएको बेइजिङले आरोप लगाएको र बदलामा इयूले बेइजिङका तर्फबाट आक्रोशपूर्ण प्रतिक्रियाको सामना गर्नुपरेको हो ।  

युरोपेली संघले उक्त प्रतिबन्ध ‘चीनले लामो समयदेखि इयूमा निर्मित मेडिकल उपकरणलाई चिनियाँ सरकारी सम्झौताबाट बहिष्कृत गरेको’ प्रतिक्रिया भएको बताएको थियो ।

ब्रसेल्सका अनुसार चीनमा निर्यात हुने चिकित्सा उपकरणहरूको लागि सार्वजनिक खरिद सम्झौताको झण्डै ९० प्रतिशत इयूका फर्महरू ‘बहिष्करण र भेदभावपूर्ण मापदण्डको दायरामा’ थिए ।

चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनले पटक–पटक द्विपक्षीय संवादका माध्यमबाट सार्वजनिक खरिदका क्षेत्रमा परामर्श, संवाद र द्विपक्षीय व्यवस्थाका माध्यमबाट यी विवादहरूको उचित समाधान गर्न आफ्नो इच्छा व्यक्त गर्दै आएको छ ।”

विगत तीन वर्षमा ब्रसेल्स र बेइजिङ इलेक्ट्रिक कार, रेल उद्योग, सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनसहितका धेरै आर्थिक कारोबारहरूमा द्वन्द्व देखिएको थियो ।