२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसाको रिटर्न टिकेट रद्द नहुने व्यवस्था गर्न एयरलाइन्सहरूलाई अध्यागमनको पत्र

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा वैदेशिक यात्रा गर्ने नेपाली नागरिकको रिटर्न टिकेट सम्बन्धी नयाँ व्यवस्था कडाइका साथ लागू गर्न सबै एयरलाइन्स कम्पनीहरूलाई पत्राचार गरेको छ। आइतबार प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाद्वारा हस्ताक्षरित पत्रमा रिटर्न टिकेट अनिवार्य राखिएको मापदण्डलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ।

पत्रमा उल्लेख भएअनुसार, नेपाल सरकारले भिजिट भिसामा यात्रा गर्ने नेपाली नागरिकका लागि रिटर्न टिकेट अनिवार्य गरेको छ। तर, केही यात्रुले नेपालको अध्यागमन प्रक्रिया पूरा भएपछि रिटर्न टिकेट भोइड (रद्द) गर्ने गरेको पाइएको भन्दै यसले गन्तव्य मुलुकको अध्यागमन प्रक्रियामा समस्या निम्त्याउने गरेको अध्यागमन कार्यालयको ठहर छ। तसर्थ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यात्रा गर्ने नेपाली नागरिकको रिटर्न टिकेट गन्तव्य मुलुकको अध्यागमन प्रक्रिया पूरा नहुन्जेल भोइड गर्न नमिल्ने व्यवस्था अनिवार्य रूपमा लागू गर्न एयरलाइन्सहरूलाई अनुरोध गरिएको छ।

यो व्यवस्थाले भिजिट भिसाको दुरुपयोग रोक्न र वैदेशिक यात्रालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। उक्त पत्रको बोधार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाल नागरिक उड्डयन कार्यालय र सुरक्षा कार्यालयलाई समेत पठाइएको छ। अध्यागमन कार्यालयले यो निर्देशनलाई तत्काल कार्यान्वयनमा ल्याउन एयरलाइन्सहरूलाई आग्रह गरेको छ।