काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था अवलोकन गर्न रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।
केहीबेरअघि उनीसँगै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ पनि बाढी प्रभावित क्षेत्र पुगेका हुन्। यस्तै राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका छन् ।







