२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्री अधिकारीले भने-‘रासायनिक मल र विषादीले कृषि प्रणाली र खाद्य सुरक्षामा असर पर्‍यो’

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका हुन् ।

तर, हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको उनले तर्क गरे ।

हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएकोले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्यावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ,’ उनले भने ।

मन्त्री अधिकारीले थपे, ‘कृषिमा हरित लगानी बढाउने, नवीकरणीय ऊर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच हुनुपर्छ र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ ।’

उनले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

‘आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्नुपर्छ’ उनले भने, ‘आजको हाम्रो पूँजी त्यसको प्रयोगमा मात्रै उपयोग गर्नसक्छौं ।’