२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोलकोत्ताबाट नेपाल आउँदै ५२ हजार मेट्रिक टन रासायनिक मल 

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि अनुदानित रासायनिक मल आपूर्ति, मौज्दात र विक्रीको अवस्था सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार कुल ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्तिको वार्षिक लक्ष्यसहित २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। हालसम्म सोही परिमाणमा मल टेण्डर भइसकेको छ।

हालसम्म युरिया, डिएपी र पोटास गरी ३ लाख ८० हजार ४९४ मेट्रिक टन मल आपूर्ति भइसकेको छ। तीमध्ये कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले क्रमशः ३ लाख १० हजार ११० टन मल आपूर्ति गरेका छन्। युरिया मात्रमै २ लाख ४३ हजार ९४९ मेट्रिक टन आपूर्ति भएको छ, जुन सबैभन्दा ठूलो परिमाण हो।

गत आर्थिक वर्षको बाँकी मौज्दातसहित हाल देशभर करिब ९४ हजार ७१७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। युरिया ६७ हजार ५८३, डिएपी १९ हजार २१४ र पोटास ७ हजार ९१९ मेट्रिक टन मौज्दात रहेको छ।

उता, गत आवको मौज्दातसहित गरेर हालसम्म ४ लाख २३ हजार २०६ मेट्रिक टन मल किसानलाई विक्री गरिएको छ। युरिया २ लाख ५६ हजार ६१७, डिएपी १ लाख ५० हजार ४७७ र पोटास १६ हजार १११ मेट्रिक टन विक्री भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयले अहिले ३० हजार मेट्रिक टन युरिया मल कोलकोत्तामा अवतरण भइसकेको र नेपाल भित्र्याउने तयारी भइरहेको जानकारी दिएको छ। यस्तै २२ हजार मेट्रिक टन युरिया हाल स्रोत मुलुकबाट लोडिङ भई कोलकोत्ता आउँदै छ। साथै, ३० हजार मेट्रिक टन डिएपी पनि असार २५ सम्म कोलकोत्तामा आइपुग्ने मन्त्रालयले जनाएको छ।

यसैबिच, असार २३ गते एकै दिन ३८ हजार ४८२ बोरा मल विक्री भएको तथ्यांक सार्वजनिक गरिएको छ।

मन्त्रालयले मल आपूर्तिमा देखिएको गति र मौज्दातको अवस्थालाई सन्तोषजनक भने पनि किसानलाई सिजन अनुसार पर्याप्त मल उपलब्ध गराउन अझै पनि थप प्रयास आवश्यक रहेको देखिन्छ।