काठमाडौँ । जुम्ला पातारासी गाउँपालिका-३ स्थित लासी बजारमा एक लाख २८ हजार दुई सय रुपैयाँ नगदसहित १० जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार होटेल ओम हिमाका सञ्चालक उर्मिला बुढासहित ९ जना जुवाडे पक्राउ परेका हुन् ।
जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी निरीक्षक असिम हमाल नेतृत्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
जुम्ला सदरमुकाम खलंगादेखि झण्डै १५ किलोमिटर पूर्वमा पर्ने लासीबजारमा उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलमा प्रहरीले छापा हानेको थियो । प्रहरीका अनुसार पातारासी-४ बस्ने राम बुढा, पातारासी-५ बस्ने धनबहादुर बुढा, श्यामबहादुर रेउले, कर्ण बुढा, नैन बुढा, गोविन्द बुढा, पातारासी-६ बस्ने पूर्णसिंह महतारा, गोरख बुढा, ७ बस्ने अनिल खड्कालाई प्रहरी नियन्त्रणमा लिइएको हो ।







