२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जुरी समयमा सम्हालिन नसक्दा बंगलादेशसँग हार्‍यो नेपाल

अ+ अ-

काठमाडौँ । साफ यु-२० महिला च्याम्पियनसिपअन्तर्गत आइतबार भएको महत्त्वपूर्ण खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको छ। 

ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसलाई ३-२ गोलले पराजित भएको हो।

खेलमा घरेलु टोलीका लागि सिन्हा जहान सिखा, सागोरिका श्रीमती त्रिस्ना रानी तथा नेपालका लागि अनिषा राईले पेनाल्टीमार्फत र मिना देउवाले गोल गरिन्।

पहिलो हाफमा २(० ले पछि परेको नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याए पनि खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा गोल व्यहोर्दै पराजित हुन बाध्य भयो।

खेलको १३औँ मिनेटमा सिना जहान शिखाले घरेलु टोलीका लागि पहिलो गोल गर्दै अग्रता दिलाइन्। डिफेन्डर गंगा रोकायाले बचाउन खोजेको बल शिखाले जाली चुमाएकी हुन्। त्यसपछि २८औँ मिनेटमा अनिषा राईको फ्रिकिक क्रसबारमा लाग्दै फर्किएको थियो।

३६औँ मिनेटमा बंगलादेशले अग्रता दोब्बर बनायो। नेपाली गोलकिपर सुजाता तामाङको गल्तीको फाइदा उठाउँदै सागोरिकाले गोल गरिन्।

दोस्रो हाफको प्रारम्भमै दुवै टोली १०-१० खेलाडीमा सीमित भए। नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिकाबीचको झगडामा रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन्।

५२औँ मिनेटमा नेपालले पेनाल्टी पाउँदै खेलमा फर्कने संकेत गर्‍यो। अनिषा राईले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-१ मा ल्याइन्। त्यसपछि खेलको अन्त्यतिर, ८५औँ मिनेटमा पूर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै नेपाललाई २-२ को बराबरीमा पुर्‍याइन्। तर इन्ज्युरी समयको आठौँ मिनेटमा श्रीमती तृष्णारानी सरकारले निर्णायक गोल गर्दै बंगलादेशलाई ३-२ को जित दिलाइन्।

चार टोली सहभागी डबल राउन्ड रोबिन ढाँचाको यस प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानलाई ६(१ ले पराजित गरेको थियो। अब नेपालले तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले श्रीलंकालाई ९-१ ले हराएको थियो।