काठमाडौँ । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई थप एक-एक देशको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सुम्निमालाई फिनल्याण्ड र चन्द्रकुमारलाई आयरल्याण्डको गैर आवासीय राजदूत नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई गैर आवासीय राजदूत नियुक्त गरेका हुन् ।







