काठमाडौँ । कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मोरङको बेलबारी नगरपालिका-३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता छन् ।
आफू बस्ने डेरा कोठा भन्दा छुट्टै कोठा भाडामा लिएर उनीहरूले लागु औषध कारोबार गरेको पाइएको ब्युरोले जनाएको छ ।
राईले बालाजु गंगाहल नजिक कोठामा लुकाएर राखेको अवस्थामा ३५ हजार ५९० क्याम्पसुल ट्रामाडोल र साढे १२ किलो गाँजा बरामद भएको छ ।
त्यसैगरी कुंगा र पदमको कोठाबाट बुप्रनोर्फिन, डाइजापाम, फेनार्गन गरी ३१ हजार १०१ एम्पुल बरामद भएको छ ।







