२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा रहेकालाई मतदान गर्ने वातावरण मिलाउन आयोगलाई सर्वोच्चको ताकेता

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने यसअघिको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई १ साउन (आज) ताकेता सहितको आदेश दिएको हो ।

अदालतले २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा उक्त आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेश कार्यान्वयन नभएको जनाउँदै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए । न्यौपानेको निवेदन अनुसार अदालतले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।

‘विदेशमा रहेका नागरिकहरूलाई मतदानमा भाग लिनसक्ने अवस्थाको सिर्जना गर्ने प्रयोजनार्थ विदेशमा रहको नागरिकहरूको वास्तविक लगत संकलन गर्न दर्ता प्रक्रिया अविलम्ब सुरु गरी आउँदो निर्वाचन सम्ममा विदेशमा रहेका नेपाली नागरिकहरूले मतदान हुनसक्ने वातावरण मिलाउनू’ अदालतको आदेशमा भनिएको छ ।