काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो कार्यकाल एक वर्षमा गरेको कामको विवरण सार्वजनिक गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले आफ्नो कार्यकालको एक वर्षको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
यस अवधिमा मन्त्री पौडेलको मन्त्रालयले डे वानदेखि एक वर्षसम्म गरेको प्रतिबद्धता र भएका कामको १३ बुँदामा समावेश गरेका छन् ।
उनले विगत लामो समयदेखि रोकिएको अस्पतालहरूको बीमा भुक्तानी फरफारक गर्न २३० जना थप चिकित्सकहरूलाई दाबी मूल्यांकनमा पदपूर्ति गरी तीन महिनाभित्र मूल्यांकन गर्ने गरी काम भइरहेको जानकारी दिए ।







