२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका पशुपालक किसानलाई रु ३८ लाख अनुदान

अ+ अ-

म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/८२ मा पशुपन्छी र माछापालक कृषकलाई रु ३८ लाख अनुदान वितरण गरेको छ । त्रिचालीस वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत रु ३८ लाख ७० हजार ७५ अनुदान पाएका हुन् । 

केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिए । 

सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन संकलन, स्थलगत मूल्यांकन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उनले बताए । 

घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई रु चार लाख २२ हजार ७९०, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसीपालक किसानलाई दूध उत्पादनमा आधारित रु नौ लाख ९९ हजार ९८० वितरण गरिएको छ । 

छ वटा फर्मलाई कृषि ब्याजमा रु ९९ हजार ९६०, कृतिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फर्म तथा किसानलाई रु दुई लाख २० हजार, बृहत्तर पशु विकास कार्यक्रममार्फत बेनपा–३ को बेलढुङ्गा र मङ्गला–३ को नमूना कृषक समूहले रु एक लाख ५० हजार अनुदान पाएका छन् । 

तीन/तीन वटा फर्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि रु ८५ हजार २१५ र रु एक लाख ५८ हजार १३० तथा अन्नपूर्ण गाउँपालिका–५ को कचौरी स्रोत संरक्षण तथा प्रवर्द्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि रु तीन लाख ८४ हजार उपलब्ध गराइएको केन्द्रले जनाएको छ । 

यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिए । दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएका उनले बताए । 

दश हजार १०८ गाई/गोरु, १६ हजार २८६ भैँसी/राँगो र २८७ बङ्गुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ । पाँच हजार ३३७ पशुलाई लम्पी स्किन र तीन हजार ३९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ४१ हजार ७१३ बाख्रा र ११ हजार १२९ भेडालाई पिपिआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए ।