१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सल्यानमा डीएसपी डा. केसीको सक्रियता: ४५ प्रहरीद्वारा पाँच किलोमिटर सडक खण्ड सुधार

अ+ अ-

सल्यान । सोमबार मात्र सल्यान जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले दुर्घटनालाई मध्यनजर गर्दै तत्कालै सडक सुधारको पहल थालेका छन्। 

डा. केसीको नेतृत्वमा ४५ जना प्रहरी कर्मचारी परिचालन भई बाबियाचौर-सल्यान सडकखण्डको झण्डै पाँच किलोमिटर क्षेत्रमा नाला खन्ने, खाडल पुर्ने तथा सडक सुधारका काम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षातसँगै सडक दुर्घटनापछि जोखिम बढेको भन्दै प्रहरीले जोखिम न्यूनीकरण र सम्भावित दुर्घटना रोकथामका लागि तत्कालै सडक मर्मतमा जुटेको हो। डा. केसीले जिल्लामा आएको दोस्रो दिनदेखि नै देखाएको व्यावसायिक सक्रियता र पूर्व तयारीको रूपमा गरिएको यो कार्यले नागरिक स्तरमा सकारात्मक सन्देश दिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट  सल्यान प्रहरी प्रमुखमा सरुवा भएका डा. केसी सोमबार मात्रै कार्यालयमा हाजिर भएका थिए । 

यसले प्रहरी संगठनप्रतिको जनविश्वासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।