सल्यान । सोमबार मात्र सल्यान जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले दुर्घटनालाई मध्यनजर गर्दै तत्कालै सडक सुधारको पहल थालेका छन्।
डा. केसीको नेतृत्वमा ४५ जना प्रहरी कर्मचारी परिचालन भई बाबियाचौर-सल्यान सडकखण्डको झण्डै पाँच किलोमिटर क्षेत्रमा नाला खन्ने, खाडल पुर्ने तथा सडक सुधारका काम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

वर्षातसँगै सडक दुर्घटनापछि जोखिम बढेको भन्दै प्रहरीले जोखिम न्यूनीकरण र सम्भावित दुर्घटना रोकथामका लागि तत्कालै सडक मर्मतमा जुटेको हो। डा. केसीले जिल्लामा आएको दोस्रो दिनदेखि नै देखाएको व्यावसायिक सक्रियता र पूर्व तयारीको रूपमा गरिएको यो कार्यले नागरिक स्तरमा सकारात्मक सन्देश दिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथबाट सल्यान प्रहरी प्रमुखमा सरुवा भएका डा. केसी सोमबार मात्रै कार्यालयमा हाजिर भएका थिए ।
यसले प्रहरी संगठनप्रतिको जनविश्वासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।






