झापा। भद्रपुर नगरपालिका डाँफे चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३७ ग्राम ४ सय ९० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुनिल चापागाई, नुवाकोट तादी गाउँपालिका-६ बस्ने ३० वर्षीय मन कुमार दर्जी र उनकै श्रीमती २६ वर्षीया शशी खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित मंगलवार पक्राउ गरेको हो ।
यस्तै, कैलाली, जानकी गाउँपालिका नयाँ लायकपुरबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिन पदार्थ १ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय भुवन कठरिया र ३५ वर्षीय राजु चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित मंगलवार पक्राउ गरेको हो ।
हाल पाँचै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







