२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमला नहरमा डुबेका बालकको शव फेला

अ+ अ-

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका-११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ ।

बिहीबार दिउँसो हजुरआमासँग भैँसी चराउन गएका दीपक महराका छोरा शिवा महरा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए । बालक कर्जन्हा–११ को बगहा पासवान टोल निवासी हुन् । 

बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खोजतलासका क्रममा शुक्रबार अपराह्न करिब ४ बजेतिर मिर्चैया नगरपालिका–३, वीरपुर बजारदेखि दक्षिणतर्फको कमला नहरमा बालकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार बिहीबार बिहान करिब १० बजे बालक नहरमा डुबेको सूचना पाएको परिवारजन र स्थानीयले आफैँ खोजी सुरु गरेका थिए । तर दिउँसो करिब २:३० बजेतिर मात्र घटना प्रहरीलाई जानकारी गराइएको थियो ।

खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर बालकको खोजी गरेको थियो भने शुक्रबार बिहानदेखि सुरु गरिएको खोजीका क्रममा शव मिर्चैया नहरतर्फ भेटिएको हो ।

शव भेटिए लगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।