२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको प्रष्टीकरण-‘विद्या भण्डारीले पार्टी अध्यक्षमा आँखा गाडेकाले यो निर्णयमा पुग्नुपर्‍यो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् ।

कर्णालीका केन्द्रीय सदस्यहरूलाई सामूहिक भेट दिँदै ओलीले भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकमा कर्णालीको एकताबद्ध सन्देश प्रवाहमा धन्यवाद दिए ।

३ घण्टा लामो भेटमा ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने प्रष्ट्याए ।

‘सिंगो एमाले पार्टी र हामी नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला-ठूला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौँ । अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रूपमा समाधान हुन्छ । तपाईँहरू यसमा अल्मलिनु भन्दा आ-आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’

एमालेले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय काम देखेर अत्तालिएका शक्तिका कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको भन्दै ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व (विद्या भण्डारी) लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा भएको बताएको बालुवाटार भेटमा सहभागी स्थायी कमिटी सदस्यले जानकारी दिए ।

‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अभिभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौँ । लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रूपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ’, ओलीको भनाइ उद्धृत गर्दै उनले सुनाए ।

देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्द्रीय कमिटीमार्फत एमाले पछिल्लो निर्णयमा पुग्नुपरेको ओलीले बताएको उनको भनाइ थियो ।

आफूले पार्टीको नेतृत्व सम्हालेको समयदेखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने रु. राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रु. भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको ओलीको जिकिर थियो । एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिएको पनि नेताहरूले बताएका छन् ।