२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीसँग घुस नमागेको दाबी गर्दै मन्त्रीले भने : ‘खादै नखाको विषले जिउँदै मार्‍यो’

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आफूले कर्मचारीसँग घुस नमागेको दाबी गरेका छन् ।

सचिवालयका कर्मचारी मार्फत क्युआर कोड पठार घुस मागेको विषय सार्वजनिक भएपछि आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले घुस मागेको कुनै प्रमाण भए ल्याउन चुनौती पनि दिए । आरोपमाथि जवाफ दिने क्रममा गायक नवीन के भट्टराईलाई सम्झिए । उनले प्रदेशसभा बैठकमा नवीन के भट्टराईले गाएको ‘खादै नखाएको बिसले जिउँदै मार्‍यो’ बोलको गीत गाएका थिए ।

‘के क्युआर कोड मेरो मोबाइल पठाएको थियो, उनले भने, बजारमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनका लागि दिएको यो विषयमा मेरो कुनै पनि संलग्नता छैन।’

उनले आफ्नो क्युआर कोड नभएको र कसैलाई नपठाएको पनि दाबी गरे । तर कर्मचारीलाई सहयोग माग्दै क्युआर कोड पठाउने अमृत मेहता उनकै सहयोगी हुन् । सहयोगी भए पनि सचिवालयमा भने नियुक्ति थिएन ।

शैक्षिक योग्यता कम भएका कारण मन्त्रालयमा सन्तोष मेहताको नाममा नियुक्ति लिएर कामकाज भने अमृतले गर्थे। सन्तोष उनका भाइ हुन् । अमृतले पार्टी र कार्यकर्ता व्यवस्थापनका लागि पैसा चाहिने भन्दै क्युआर कोड पठाएको आरोप छ ।

क्युआर कोड विवाद सार्वजनिक भएपछि मण्डलले मेहतालाई सचिवालयबाट हटाएका छन् । प्रदेशसभा बैठकमा जवाफ दिने क्रममा उनले क्युआर कोड पठाउने व्यक्ती आफ्नो सचिवालयमा कहिल्यै नभएको दाबी गरेका छन् ।

‘बजारमा आएको न्युजमा देखिएको क्युआर कोड कसको हो, के प्रयोजनको लागि, कसलाई, किन दिएको हो, यो विषयमा मेरो कुनै पनि संलग्नता छैन,’ उनले भने,‘क्युआर कोडमा उल्लिखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्युआर पठाइएको हो, कानुनी दायरामा झिकाई अनुसन्धान गर्नको लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

उनले गलत विषय उठाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरे । ‘गल्ती देखाउने तर प्रमाण दिनु नपर्ने रु के क्युआर कोड मेरो मोबाइलबाट पठाएको थियो रु उनले भने,‘ आरोप आधारहीन, पूर्वाग्रही र तथ्यहीन छ ।’

उनी त्यतिकैमा रोकिएनन् । ‘कागले कान लग्यो भन्दै कान नसमातीकन दौड्नेमा म पर्दिनँ । यसमा मेरो कुनै गल्ती छैन । आज बोल्नुपर्ने ठाउँमा उभिएको छु,’ उनले भने,‘कुनै व्यक्तिले क्युआर कोड पठाएको विषयमा मलाई जोड्न मिल्छ रु यो प्रकरणमा मलाई घोर अन्याय भएको छैन रु मेरो सचिवालय वा मैले यसरी क्युआर कोड पठाएर रकम मागेको प्रमाण छ भने ल्याउन चुनौती दिन चाहन्छु ।’