२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक मन्त्री दाहालले भने-‘समाजलाई नकारात्मक चिन्तनबाट मुक्त बनाउनुपर्छ

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई नकारात्मक चिन्तनबाट मुक्त बनाउनु पर्ने बताएका छन्।

सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सबैले नकारात्मक विचार त्यागेर समृद्ध समाज बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। 

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरेको अक्षलोक साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले समाजलाई उज्यालो तर्फ डोर्‍याउन नकारात्मक विचारहरू बाधक हुने उल्लेख गरे। 

‘यो देशमा केही भएन, केही हुँदैन, सबै बिग्रियो भनेर कतिले नकारात्मक सन्देशहरू फैल्याउन पनि खोजिरहेको पाइन्छ’ मन्त्री दाहालले भने, ‘तर हाम्रा चारवटा पूर्वपश्चिम राजमार्गहरू बनिरहेका छन्, त्यस मध्ये एउटा एसियाली मापदण्डमा विस्तार भइरहेको छ। सडक तथा यातायात सञ्चालन आधुनिक सुरुङ युग तर्फ पुगेको छ, उत्तर दक्षिणका कोरिडोरहरू धमाधम बनिरहेका छन्। यस्ता सकारात्मक कुराहरू हुँदा हुँदै देशमा केही भएन र हुँदैन भन्नु गलत हो।’

सडक तथा पूर्वाधारहरूको विकासले ग्रामीण उपजहरूलाई बजारसम्म लैजान, बजारका उत्पादनहरू गाउँसम्म पुर्‍याउन, ग्रामीण क्षेत्रमा नै उद्यमशीलताको विकास गर्न सहज भएको भन्दै मन्त्री दाहालले प्राप्त विकास र अवसरहरूलाई आर्थिकोपार्जनसँग जोड्न आवश्यक रहेको पनि बताए। 

लेखन, साहित्य, सिर्जना जस्ता विषयहरूले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले विचार र सिर्जना मार्फत समेत सकारात्मक धारणाहरूको विस्तार गर्न सकिने उनले बताए। कार्यक्रममा डा. भगवान् कोइरालासहित विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो।