२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका मुख्यमन्त्रीले १५ गते विश्वासको मत लिने

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार (१५) गते विश्वासको मत लिने भएका छन् ।

सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।

सोमबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले १५ गते विश्वासको मत लिने निर्णय गरेको हो । सो मतका लागि पक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए । साथै, १३, १४ र १५ गते काँग्रेस सांसदहरूलाई धनगढी नछाड्न भनिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि कम्तीमा २७ मत आवश्यक हुन्छ । काँग्रेसका १८ र एमालेका ११ सांसद जोड्दा बहुमत सजिलै पुग्छ ।

यता, माओवादी केन्द्रका ११ सांसदले विपक्षमा मतदान गर्ने जनाएका छन् भने नागरिक उन्मुक्ति पार्टीका ७ सांसद पनि हाल प्रतिपक्षमै छन् । आफ्नै पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरिएको भन्दै नाउपाले समर्थन फिर्ता लिएको हो । संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् ।

यहाँ एकीकृत समाजवादीका ४ जना, राप्रपा र स्वतन्त्र सांसद १/१ जना रहेका छन् ।