२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पाण्डेले गरे पशुपति क्षेत्रको अवलोकन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले साउनको दोस्रो सोमबारका अवसरमा पशुपति क्षेत्रको अवलोकन गरेका छन् । 

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले भक्तजनले सहज रूपमा मूल मन्दिरभित्र प्रवेश पाए/नपाएको, सुरक्षा व्यवस्थालगायत विषयमा कोषका पदाधिकारी एवं कर्मचारीसँग जानकारी लिएका थिए । 

कोषका सदस्य सचिव एवं कर्मचारीलाई उनले सहज रूपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका थिए । 

 साउन महिनाको दोस्रो सोमबार आज पनि बिहान ३:०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएका थिए । यस्तै, चार वटा सवारीसाधनमार्फत चक्रपथबाट पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनलाई दिनभर नि:शुल्क सेवा दिइएको कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए ।

बिहानदेखि दिनभर साउने झरी परिरहे पनि भक्तजनले छाता ओढेर भए पनि पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका थिए । 

बेलुकी ७:०० बजेसम्म करिब एक लाख ५० हजार भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र  दर्शन गरेको अनुमान रहेको सदस्य सचिव जोशीले बताए ।