२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क कानुनी सहायता ७४ जिल्लामा पुग्यो

अ+ अ-

काठमाडौँ। नि:शुल्क कानुनी साहायता सुविधा ७४ वटा जिल्लामा पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा नि:शुल्क कानूनी सहायतालाई ७७ वटा जिल्लामा विस्तार गर्ने उल्लेख थियो।

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १५ वटा जिल्लामा जिल्ला कानूनी सहायता अधिकारीको नियुक्त गरिएको छ ।

१५ वटा जिल्ला कानूनी सहायता अधिकारीको नियुक्त भए सँगै ७४ वटा जिल्लामा कानूनी सहायता अधिकारीको पदपूर्ति भएको छ र ७४ जिल्लामा नि:शुल्क कानुनी साहायता पुगेको हो ।

म्यादी, मनाङ र मुस्ताङ गरी ३ जिल्लामा मुद्दाको संख्याको आधारमा कानुनी सहायता अधिकारी नियुक्त गर्ने कानुन मन्त्री अजयकुमार चौरसियाको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानुन मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाएका हुन्।

सबै जिल्लाका कानूनी सहायता अधिकारीले उपलब्ध गराएको कानूनी सेवालाई अभिलेखीकरण र व्यवस्थापन गर्नको लागि एकीकृत कानूनी सहायता प्रणाली लागू भएसँगै १९७८ ले लिए सुविधा लिएका छन् ।

कानुन मन्त्रालयका अनुसार नि:शुल्क कानूनी सहायता अन्तर्गत हालसम्म ११७९ वटा कानूनी परामर्श र ७९९ वटा विषयमा मुद्दा दर्ता गरिएको छ । दुवैको संख्या १९७८ रहेको छ ।

मन्त्रालयका अनुसार कानूनी सहायतालाई थप प्रभावकारी रूपमा अगाडि बढाउन नि:शुल्क कानूनी सहायता सम्बन्धी विधेयक तयार गरिएको छ। उक्त विधेयकलाई प्राथमिकताका साथ यसै वर्ष संघीय संसदमा पेश गर्ने गरी नेपाल सरकारले तयारी गरेको पनि मन्त्री चौरसियाले जानकारी दिए ।