२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकका अध्यक्ष र सीईओहरूसँग छलफल गर्दै गभर्नर पौडेल

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै छन् ।

आज (मंगलबार) बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरिरहेका गभर्नर पौडेलले बुधबार अध्यक्षसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

मौद्रिक नीतिले गरेको नीतिगत व्यवस्था, बैंक तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक र दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति गरी तीन वटा एजेन्डासहित छलफल डाकिएको छ । वित्तीय क्षेत्रको पछिल्लो अवस्था, कर्जा प्रवाह र असुली, मौद्रिक नीतिमार्फत गरिएका नयाँ व्यवस्थालगायत विषयमा छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

नयाँ गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत ब्याजदर बढ्न नदिने, बैंकहरूको कर्जा प्रवाह क्षमता बढ्ने, परिस्थितिजन्य कारण समस्यामा परेका ऋणीलाई कर्जाको पुनर्तालिकीकरण र पुन:संरचनालगायत सुविधा दिएको छ ।

यस्तै, घरजग्गा र सेयर बजारका लागि पनि निकै लचिलो नीति राष्ट्र बैंकले अवलम्बन गरेको छ ।

उल्लिखित व्यवस्था कार्यान्वयनको अवस्था, कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक अप्ठेरालगायत विषयमा बैंकहरुका अध्यक्ष र सीईओहरुसँग छलफल गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।