२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए

अ+ अ-

काठमाडौँ । संसद् बैठकमा मन्त्रीहरूको लापरवाहीपूर्ण व्यवहार सार्वजनिक भएको छ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मनवीर राई बैठककै क्रममा निदाएको दृश्य सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीको छेउमा बसेका मन्त्रीहरू आँखा चिम्लिएर निदाइरहेको तस्बिर सार्वजनिक भएसँगै व्यापक आलोचना सुरु भएको छ।

संसद्जस्तो संवेदनशील र उत्तरदायी थलोमा कानुन निर्माणदेखि राष्ट्रका गम्भीर विषयमा छलफल भइरहँदा मन्त्रीहरूको यस्ता लापरवाहीपूर्ण गतिविधिले सरकारको गम्भीरता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।

बैठक चलिरहेको समयमा मन्त्रीहरूसँगै केही सांसदहरू समेत निदाएको दृश्य देखिएको छ। संसद् बैठकमा यस्तो गैर जिम्मेवार आचरणले संसद्प्रति जनताको विश्वासमा गम्भीर चोट पुर्याएको विश्लेषकहरू बताउँछन् ।

सामाजिक सञ्जालमा मन्त्रीहरू निदाएको तस्बिर तीव्र गतिमा भाइरल भइरहेको छ। धेरै नागरिकले यस दृश्यलाई सत्ताको चरम लापरवाहीको संज्ञा दिएका छन्। कतिपयले संसद् बैठकमा समेत आफूलाई नियन्त्रित राख्न नसक्ने मन्त्रीहरूबाट नीति, कार्यक्रम र सेवा प्रवाहमा कस्तो प्रतिबद्धता र परिणाम अपेक्षा गर्ने भन्ने प्रश्न उठाएका छन्।

यसैबीच, राष्ट्रिय सभाको बैठक अहिले पनि जारी छ।