काठमाडौँ । सुक्खाग्रस्त क्षेत्रका किसानलाई आर्थिकरुपमा राहत दिन महोत्तरीको मनराशिसवा नगरपालिकाले मालपोतमा लाग्ने राजस्वमा मिनाहा गरेको छ ।
सो नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको हो ।
सो नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गरी यसवर्ष पानीको अभावले किसानको खेतमा धान रोपाइँ नभएको तथा खाद्यान्न उत्पादन नभई आर्थिक अभाव सिर्जना भएकाले राहतस्वरुप मालपोत राजस्वमा शतप्रतिशत छुट दिने निर्णय भएको जनाएको छ ।
यसैगरी सर्लाहीको धनकौल गाउँपालिका तथा गोडैता नगरपालिकाले पनि चालु आवमा किसानलाई मालपोतमा लाग्ने राजस्वमा शतप्रतिशत छुट दिने घोषणा गरेको जनाएको छ ।







