२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती नदीमा १३३ गोही छाडियो

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुई वटा भाले र अन्य पोथी छन् । गत आर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा १३३५ छाडिएको उनले जानकारी दिए । नारायणीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो ।

अघिल्लो आर्थिक वर्ष १०५ वटा गोही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहाँको राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२०का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन । गत वर्षको पुषमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३५२ वटा मात्र भेटिएको थियो ।

हाल प्रजनन केन्द्रमा ७८२ वटा गोही रहेका छन् । तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन् । अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यस अघिका वर्षका हुन् । प्रजनन केन्द्रमा एउटा पुरानो भाले गोही छ । अन्यको भाले छुटिएको छैन ।

घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशत मात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन्, प्रदूषण, मान्छेले माछा मारेर खाने लगायतका कारण गोहीहरू प्राकृतिक बास स्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरूमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा संख्या भने बढेको छैन ।