२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर

अ+ अ-

टोकियो । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ ।

रोजगारीमा रहेका व्यक्तिहरूको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ ।

बेरोजगारमध्ये आठ लाख व्यक्तिले स्वेच्छाले जागिर छाडेका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.६ प्रतिशतले वृद्धि हो । त्यसैगरी, कम्पनीबाट हटाइएका व्यक्तिहरूको संख्या घटेर तीन लाख ५० हजारमा पुगेको छ, जुन १४.६ प्रतिशतले कम हो ।

स्वास्थ्य, श्रम तथा जनकल्याण मन्त्रालयले सार्वजनिक गरेको छुट्टै विवरणअनुसार, रोजगारीको उपलब्धता दर ०.०२ अंकले घट्दै १.२२ मा झरेको छ । यसले प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि १२२ रोजगारीका अवसर उपलब्ध रहेको देखाएको छ ।

एक सरकारी अधिकारीका अनुसार, केही कम्पनीहरूले अमेरिकी प्रशासनले लगाएका नयाँ भन्सार शुल्क (टैरिफ) को प्रभाव अझै स्पष्ट नभएको भन्दै नयाँ कर्मचारी भर्ना प्रक्रियामा संकोच देखाएका छन् ।