काठमाडौँ । भारतको उत्तर प्रदेश स्थित गोंडामा बोलेरो दुर्घटनामा हुँदा ११ को मृत्यु भएको छ।
बोलेर नियन्त्रण बाहिर पुग्दै सरयू नहरमा खस्न पुग्दा ठूलो मात्रामा मानविय क्षति भएको हो। कुल १५ जना सवार रहेको बोलेरो पृथ्वीनाथ मन्दिरमा जल चढाउनका लागि भक्तजन लिएर गइरहेको थियो।
दुर्घटना मोतीगन्ज ठाना क्षेत्रमा भएको थियो। स्थानीय मानिसहरूले पुलिसलाई दुर्घटनाको सूचना दिएका थिए।
सूचना पछि घटनास्थल पुगेको पुलिसले स्थानीयसँग मिलेर सबहरू नहरबाट बाहिर निकालेको थियो। मृतकहरूमा पुरुष महिला र बच्चाहरू पनि रहेको जनाइएको छ।







