२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरि ८३ प्रतिशत बढी धान रोपाइँ सकियो

अ+ अ-

काठमाडौँ। यस वर्ष १८ साउनसम्म देशभरि ८३ प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म देशभरि ८३.८८ प्रतिशत धान रोपाइँ सकिएको हो ।

अघिल्लो वर्ष २० साउनसम्म भने ९६.४७ प्रतिशत धान रोपाइँ सकिएको थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा १२.५९ प्रतिशत रोपाइँ कम भएको छ ।

देशभरि १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा ११ लाख ५६ हजार ६ सय ८७.८ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको तथ्यांकले देखाउँछ ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा यस वर्ष ९९.७२ प्रतिशत रोपाइँ भएको छ । कुल १ लाख ७६ हजार १ सय ५१ हेक्टर क्षेत्रफलमध्ये १ लाख ५७ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष २० साउनसम्म शतप्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा यस वर्ष ९६.४७ प्रतिशत रोपाइँ भएको छ । कुल ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ५९४.९४ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष २० साउनसम्म कर्णालीमा ९९ प्रतिशत रोपाइँ भएको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशमा यस वर्ष ९५.९६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । कुल ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमध्ये २ लाख ९९ हजार ७ सय ८ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष २० साउनसम्म उक्त प्रदेशमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा यस वर्ष ८८.९७ प्रतिशत रोपाइँ भएको छ । कुल ९४ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमध्ये ८३ हजार ७९४.२ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष गण्डकीमा २० साउनसम्म ९६ प्रतिशत रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार बागमती प्रदेशमा यस वर्ष ९२.९२ प्रतिशत रोपाइँ भएको छ । कुल १ लाख १५ हजार ६२१.२५ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७ हजार ४३४.२७ हेक्टरमा रोपाइँ भएको छ । अघिल्लो वर्ष २० साउनसम्म बागमतीमा ९७ प्रतिशत रोपाइँ भएको थियो ।

यस्तै मधेस प्रदेशमा १८ साउनसम्म सबैभन्दा कम जम्मा ५७.२८ प्रतिशत रोपाइँ भएको छ । कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख १३ हजार ४३८.९५ हेक्टरमा रोपाइँ सकिएको तथ्यांकले देखाउँछ । अघिल्लो वर्ष २० साउनसम्म मधेसमा ९५.२८ प्रतिशत रोपाइँ भएको थियो ।

कोशी प्रदेशमा १८ साउनसम्म ८९.०३ प्रतिशत धान रोपाइँ भएको छ । कुल २ लाख ७६ हजार ३८६.७३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये २ लाख ४६ हजार ६५.४४ हेक्टरमा रोपाइँ भएको हो । अघिल्लो वर्ष २० साउनसम्म कोशीमा ९५ प्रतिशत रोपाइँ भएको थियो ।