२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरुपयोग गरेको भन्दै काँग्रेसले जनायो गम्भीर आपत्ति

अ+ अ-

काठमाडौँ । भिजिट भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरुपयोग गरेको भन्दै नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ।

सोमबार प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले अवरोध जनाएका थिए।

उनीहरूले भिजिट भिसा प्रकरणमा उठाएका आफ्ना कुरा सरकारले नसुनेको भन्दै छानबिन समिति नबनेसम्म संसदमा आफ्नो अडान कायमै रहने बताए। आफ्ना कुरा राखिसकेपछि बैठक बहिष्कार गर्दै बाहिर निस्किए। बैठकमा रास्वपा सांसद असिम साह र राप्रपा सांसद ध्रुवबहादुर प्रधानले बोलेका थिए। भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको उनीहरूको आरोप थियो।

शून्य समयमा बोल्दै काँग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले भिजिट भिसाका नाममा विपक्षी दलहरूले लामो समयदेखि संसदको दुरुपयोग गर्दै आएको बताए। यो गलत अभ्यास रहिरह्यो भने संसदको गरिमा पनि नरहने उनको भनाइ छ। उनले यो गलत अभ्यासको अन्त्य गर्न सभामुखसँग आग्रह समेत गरे।

‘झन्डै ७० दिनदेखि अवरोध हुँदै आएको छ। आफ्नो कुरा राख्ने र अनि बहिष्कार गर्ने। यो अभियान र यो अभ्यास जारी रहने भन्नु भएको छ। कति दिनसम्म चल्ने हो ? संसदमा उभिएर गालीगलौज गर्ने। भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने। भिजिट भिसामा बाहिर कतै नगएको कोही छ ? यो के भन्न खोजिएको हो, ’उनले भने, ’रोहबरशैलीमा झुटो कुरा प्रचार गरेर आम मानिसलाई भ्रममा पारेर संसद्लाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ। नेपाली काँग्रेसको गम्भीर आपत्ति छ यसमा। यो अभ्यासको अब अन्त्य गरिएन भने संसदको गरिमा रहँदैन महत्त्व पनि रहँदैन।’