काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।
प्रदेश डिल्लीराज भट्टले संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सोमबार विधेयक दुई विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश सभाको चालु अधिवेशनबाट पारित भएका दुवै विधेयक यही साउन १२ गते प्रदेश प्रमुख कार्यालय पठाइएको थियो ।







