काठमाडौँ । दायाँ हाते स्पिनर शेर मल्ल लुम्बिनी लायन्समा आबद्ध भएका छन्। क्याटागोरी ‘बी’ का खेलाडी शेर मल्ल १० लाखमा लुम्बिनी लायन्समा आबद्ध भएका छन।
उनका लागि ४ वटा टिमले अधिकतम १० लाखको बोली लगाएका थिए। उनी लक्की ड्र मार्फत लुम्बिनीमा गएका हुन्। चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले उनका लागि बोली लगाएका थिए।
उनले पहिलो सिजनको एनपीएलमा जनकपुर बोल्ट्समा रहेर उपाधि जितेका थिए।







