२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई रु पाँच लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकले कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपका क्रममा घाइते भएकालाई सरकारी खर्चमा उपचारको व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

यसैगरी कारागारभित्र होलोजन लाइट, सिसि क्यामरा जडान गर्ने, कारागारको मर्मत सम्भार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरु गर्ने, कारागारको सुरक्षाका लागि आवश्यक उपकरण तथा साधनको व्यवस्थापन गर्ने निर्णय गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कारागार ऐनमा आवश्यक सुधारका लागि नेपाल सरकारसँग आग्रह गर्ने, क्षमताभन्दा बढी कैदी बन्दी राखिएको कारण सुरक्षा चुनौती देखिँदा यसको न्यूनीकरणका लागि कारागार विभागसँग समन्वय गर्ने, मन्त्रालय र कारागारले आपसमा समन्वय गरी कारागारभित्र कैदीबन्दीलाई मनोवैज्ञानिक परामर्शका साथै सकारात्मक सोचको विकास गर्ने कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णय गरिएको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्की, प्रदेशस्थित तीन वटै सुरक्षा निकायका प्रमुख, कैलालीका प्रमुख जिल्ला अधिकारी र कारागार शाखाका प्रमुख, राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीलगायतको सहभागिता थियो ।